सुदूरपश्चिमको पहिलो विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट पतन भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका ओपनर जेश जैब ३२ रनमा आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनको विकेट किशोर महत्तोले लिएका हुन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । आज जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । २३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । राम्रो सुरुवात गर्न नसकेको जनकपुरका लागि यो इनिङ निकै महत्वपूर्ण बन्यो ।
नियमित कप्तान अनिल साह उपलब्ध नभएको खेलमा आज आशिफ शेखले कप्तानी सम्हालेका थिए । उनले १० बलमा ११ रन मात्रै जोडे । यसैगरी शुभ कंसाकारले २६ रन जोड्दा हर्ष ठाकर १२ रन, अरनिको यादवले ११ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । साथै शेफ जैबले २ विकेट लिँदा स्कट कुग्गलेलिन र अविनाश बोहोराको नाममा समान एकएक रह्यो ।
लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया