सुदूर पश्चिम रोयल्सको हौसला बढाउन को को नेता पुगे कीर्तिपुर मैदानमा ?

आइतबार पौष ७, २०८१/ Sunday 12-22-24
Paschim Today

काठमाण्डौं, ७ पुस । जनकपुर बोल्ट्ससंग शनिवार भएको नेपाल प्रिमियर लिग(एनपीएल)को फाईनल खेलमा सुदूर पश्चिम रोयल्सको हौसला बढाउन सुदूरपश्चिका अधिकांश नेताहरु कीर्तिपुरस्थित खेल मैदान पुगे ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, गृह मन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्रीहरु एनपी साउँद, लेखराज भट्ट, प्रेम आले,  लगायतका नेताहरु सुदूर पश्चिम रोयल्सको हौसला बढाउन फाईनल खेल अबधिभरी कीर्तिपुरस्थित खेल मैदानमा रहे ।

फाईनल खेलमा सुदूर पश्चिम रोयल्सको हौसला बढाउन सुदूर पश्चिमबाट मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा लगायतका नेता तथा क्रिकेटप्रेमीहरु शुक्रवार साँझ काठमाण्डौं आएका थिए ।

कैलाली र कञ्चनपुरमा सयौ क्रिकेट प्रेमीहरु फाईनल खेल हेर्नकै लागि काठमाण्डौं आएका थिए ।

कैलाली जिल्ला क्रिकेट संघका पूर्व उपाध्यक्ष राजेश खड्का फाईनल खेल हेर्न शुक्रवार साँझ बुद्ध एयरको जहाजमा धनगढीबाट काठमाण्डौं आएका थिए । उनी खेल हेरेर शनिवार साँझ धनगढी फर्किए । उनीजस्तै खेलाडी, नेता र क्रिकेटप्रेमीहरु काठमाण्डौं आएका थिए । सुदूर पश्चिम रोयल्स फाईनल खेलमा जनकपुरसंग पराजीत भएपछि भने उनीहरु निराश भए ।