शेखरको स्वागतमा बागी, बिद्रोही र बीपी पार्टी
धनगढी, १० पुस ।
नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोईराला पुसको पहिलो साता पुगे । दुई दिने कार्यक्रममा सहभागी हुन सुदूर पश्चिम पुगेका कोईरालालाई धनगढी बिमानस्थलमा स्वागत गर्न पुगे, काँग्रेसका बिद्रोही, बागी र नेपाली काँग्रेस (बीपी) का नेता तथा कार्यकर्ताहरु ।
धनगढी बिमानस्थलमा उनको स्वागत गर्न जानेमा धनगढीकै काँग्रेसी कार्यकर्ताहरु बढि थिए । धनगढी र कैलालीका कार्यकर्ताभन्दा बढि कञ्चनपुरका नेता र कार्यकर्ता बढि सहभागी थिए । कञ्चनपुरका भने देउवा निकट नेताहरु समेत उनको स्वागतमा थिए । धनगढीका देउवा निकट नेताहरु स्वागत र कार्यक्रममा सहभागी भएनन ।
बिमानस्थलमा कोईरालालाई नेपाली काँग्रेस (बीपी) का कार्यकर्ता युवराज पाण्डेयले १५ किलोको मालाले स्वागत गरे । पाण्डेय काँग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल निकट व्यक्ति हुन् ।
उनलाई स्वागत गर्न जानेमा चुनावमा बागी उठ्ने र बागी उम्मेदवारलाई सहयोग गर्नेहरु थिए । धनगढीमा काँग्रेसबाट प्रदेश सभामा सदस्यमा बागी उठेका क्षितिज भण्डारी, वडा अध्यक्षका बागी देव सेठी, पूर्ण कुवँर लगायतका बिद्रोही र बागीहरु उनको स्वागतमा थिए ।
धनगढीमै रहेर पनि नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश सभापति बीर बहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, मेघराज खड्का, मुख्यमन्त्री कमल बहादुर शाह लगायत कोही पनि नेता उनको स्वागत गर्न बिमानस्थल पुगे । न त कार्यक्रममा सहभागी भए । महामन्त्री शाहको निवाससंगै जोडिएको ओम प्यालेसमा आयोजित कार्यक्रममा कोईराला प्रमुख अतिथि थिए । त्यही कार्यक्रममा पनि महामन्त्री शाह सहभागी भएनन ।
उनीसंगै बाहिरबाट नेपाली काँग्रेसका नेताहरु सञ्जय गौतम, हृदयराम थानी, सुनिल शर्मा लगायतका नेताहरु धनगढी पुगेका थिए । तर सुदूर पश्चिमका सिनियर नेताहरु भने कार्यक्रममा सहभागी भएनन ।
उनी प्रमुख अतिथि रहेको कार्यक्रम र स्वागतमा बिद्रोही, बागी र पार्टीको कारबाहीमा परेकाहरुको संख्या बढि थियो ।
उनले सम्बोधन गर्ने क्रममा देउवा आफ्नो दाई सरह मात्र बताएनन । देउवासंग आफ्नो कुनै तिक्तता नरहेको समेत बताए ।
तपाईको प्रतिक्रिया