दृष्टि फाउन्डेसनद्वारा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने
धनगढी । दृष्टि फाउन्डेसन नेपालले अक्षय कोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । महायज्ञ माघ २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा नेपालकै कान्छी कथा वाचिका नौ वर्षीया अनुराधा पाण्डे वाचन व्यासको रुपमा उपस्थित हुनेछन् ।
दृष्टि फाउन्डेसन नेपाल र यज्ञ सञ्चालन मूल समितिद्वारा आयोजित यस महायज्ञले असहाय, अनाथ, र विपन्नलाई गाँस, बास, र कपास जुटाउनको लागी आयोजना गर्न लागीएको हो । महायज्ञको उद्देश्य दृष्टि फाउन्डेसनको दैनिय अवस्थालाईसहयोग पु¥याउनु रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम राज जोशीले बताए ।
दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टले फाउन्डेसनको अवस्था अत्यन्त नाजुक रहेको बताइन्। उनले महायज्ञलाई विशेष बनाउन सबैलाई तन र मनका साथ योगदान गर्न आग्रह गरिन्। सामाजिक अभियन्ता मनिराज जोशीले मानव जीवनको उद्देश्य अरूको सहारा बन्नुमा रहेको बताए। “कमाएको धनको केही अंश सामाजिक कार्यमा लगाउनु पर्छ। असहाय बालबालिकालाई सहयोग गर्नु ठूलो कुरा हो,“ उनले भने।
कार्यक्रममा अनिल भोजनीयाले पनि मानव जीवनको सामाजिक र नैतिक दायित्वलाई स्मरण गर्दै सबैलाई महायज्ञ सफल पार्न आग्रह गरे। उनले दृष्टि फाउन्डेसनको उद्देश्यलाई साकार बनाउन सबैलाई जुट्न आग्रह गरे।
तपाईको प्रतिक्रिया