महिला नेतृत्वको जग बन्दै सामुदायिक वन

शुक्रबार पौष १२, २०८१/ Friday 12-27-24
Paschim Today
फाइल तष्विर

रञ्जना बि.सी
धनगढी ।
कुनैबेला छरछिमेकीका अगाडी बोल्न धक मान्ने झुमा चौधरी (४० वर्षीय) अहिले सार्वजानिक मञ्चहरुमा आफ्ना भनाइ निर्धक्क राख्ने भएकी छन् । उनि मञ्चबाट भाषण गर्दै महिलाहरुलाई नेतृत्वदायी भुमिकामा आउन प्रेरित गर्छिन् ।

झण्डै दुई दशकअघि स्थानीय सयपत्री सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति उपाध्यक्ष बन्ने मौका पाउनु उनका लागि व्यक्तित्व विकास गर्ने जग बनेको थियो । कैलालीको कैलारी गाउँपालिका–६ कि झुमाको १६ वर्षकी हुँदा विवाह भयो । सानैमा उमेरमा दुई सन्तानकी आमा बनिन् । उनी अरु महिलाहरुकै जसरी छोराछोरी हुकाउर्दै घरगृहस्थी सम्हाल्दै थिइन् ।

गाउ“मा सामुदायिक वन संरक्षणको अभियान चलिरहेका बेला उनले कार्यसमिति उपाध्यक्ष बन्ने मौका पाइन् । यसले घरगृहस्थीमा सिमित उनको दैनिकीलाई फेरिदियो । उनी भन्छिन्, ‘जब म वन संरक्षणमा लागेँ, मेरो जीवन मात्र बदलिएन, मभित्र आत्मविश्वास पनि बढ्यो ।’

समितिमा काम गर्न थालेपछि उनी बोल्न, सिक्न र नेतृत्व गर्न सक्षम बनिन । उपभोक्ताबाट सुरु भएको उनको वन संरक्षण यात्रा नेतृत्वदायी भुमिका उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्यो । जति उनको पद बढ्यो त्यति जिम्मेवारी पनि थपियो । उपाध्यक्ष हुँदा अध्यक्षले गराएको काम मात्रै गर्नु पथ्र्यो । वनको काम, साधारण सभा र मासिक बैठकमा सहभागि भए मात्रै  पुग्थ्यो । 

झुमा भन्छिन्, ‘अध्यक्ष भएपछि वन, संरक्षण देखि वनका हरेक काम मेरो काधमा आयो । पहिला आफु सहभागि मात्रै हुनु पथ्र्यो । पछि त अरु उपभोक्तालाई बैठकमा सहभागि गराउने जिम्मा पनि मेरै भयो । वृक्षा रोपण गराउने,गस्ति बस्न जाने, केहि समस्या आए समाधान गर्ने सबै काम मैले नै गर्नु पथ्र्यो । सुरुसुरुमा त धेरै अप्ठ्रो लाग्थ्यो पछि बानि पर्दै गयो ।’ 

वनजङ्गल संरक्षण जस्तो क्षेत्रमा महिला अध्यक्ष भएर काम गर्न सहज थिएन । थुप्रै असहयोग र आलोचनाहरु खेप्नुप¥यो । तर महिलाले नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने सोचाइलाई तोड्न उनी अडिग भएर जिम्मेवारी सम्हालिन् । उनी सामुदायिक वन समितिमा अध्यक्ष हुनु भन्दा पहिले पनि त्याहाँ महिलाले नै नेतृत्व गर्थे । 

उनी अध्यक्ष भएपछि थुप्रै असहयोग र अविश्वास भए । समितिका अन्य सदस्य सँगै वन उपभोक्ताहरूले पनि महिला अध्यक्षले काम गर्न सक्दिनन् भन्ने सोचाइ राख्थे । तर झुमाले जङ्गलमा हुने चोरी सिकारी नियन्त्रण होस या बृक्षरोपण अभियान सबै जिम्मेवारीमा सक्रियभएर उपभोक्ताहरुको हितमा काम गरिन् । महिलाले अवसर पाए आफु मात्रै होइन अरु महिलाको सशक्तिकरणमा पनि योगदान दिन्छन् भन्ने उदाहरण बनेकी छन् । 

झुमाले सामुदायिक वन समितिमा काम गर्न थालेपछि महिलाका घरभित्र र बाहिरका संघर्षलाई अनुभव गर्न पाइन् । ‘पहिलो कुरा त हाम्रो समाजमा महिला अगाडी आउन नै गाह्रो छ । घरबाहिर आइसकेपछि पनि थुप्रै चुनौती आइपर्छन् । हाम्रो नेतृत्वलाई सहजै स्विकारिदैन् ।’ उनले भनिन्, ‘कामगर्दै गएपछि सुधार अवश्य हुने रहेछ, साथ पाइने रहेछ, म अरुलाई पनि यही हौसला दिन चाहान्छु ।’

उनी अन्य सामुदायिक वनको नेतृत्वमा पनि महिलालाई स्थान दिनुपर्छ भन्दै आवाज उठाउन थालिन् । उनको यो प्रयास बिस्तारै सफल हुन थाल्यो । सयपत्रीजस्तै अन्य सामुदायिक वनको नेतृत्व पनि महिलाले गर्न थाले । र महिला नेतृत्वका वन पुरुष नेतृत्व भन्दा सफल हुन थालेका छन् ।

झुमाको त्यो मेहनत, लगन र वन संरक्षणमा गरेको सङ्घर्षले उनलाई त्यहाँमात्र सीमित राखेन । उनी सामुदायिक वनको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घको प्रदेश महासचिव बनिन् । त्यहाँ उनले अझ धेरै कुरा सिक्ने मौका पाइन । एक कार्यकाल महासचिव बनेपछि दोस्रो कार्यकालमा उनलाई नै अध्यक्ष बनाइयो । अहिले सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश अध्यक्ष बनेर उनी काम गरी रहेकी छन् । 

उनी सामुदायिक वन संरक्षणसंगै राजनीतिमा पनि सक्रिय छिन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कैलारी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार हुने अवसर पाइन् । त्यो भन्दा अगाडि २०७४ सालको स्थानीय तहको निर्वानमा पनि अपाध्यक्ष पदमा एमाले बाटै उम्यद्वारी दिएकी थिइन् ।

दुवै पटक पराजय भोग्नु परे पनि गाउँपालिका अध्यक्षजस्तो कार्यकारी पदमा उम्मेदवारी हुन पाउनुलाई उनी अवसरका रुपमा लिन्छिन् । यसबाट उनलाई राजनीति प्रतिको चासो र लगाव बढेको छ । ‘चुनावमा हार जितहुने नै हो यसले मलाई नेतृत्व गर्न झन् सिकाएको छ । म झन् बलियो बनेकी छु । अगामी दिनमा अझ राम्रो काम गरेर सबैको विश्वास जित्नेछु भन्ने मलाई विश्वास छ । ’

सामुदायिक वन समितिले वन जोगाउन मात्रै मदत गरेको छैन, कैलालीका गाउँमा वन संरक्षण समितिमार्फत महिला नेतृत्वलाई प्रोत्साहन गर्दै उनीहरुको शसक्तिकरणमा टेवा पु¥याएको छ । 

कैलारीकै ५६ वर्षीय गिता चौधरीले पनि झुमाकै पदचाप समातेकी छन् । उनी अहिले लालबालु भुस्किहुवा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष छिन् । यसअघि उनी एक कार्यकाल सहसचिव थिइन् । सुरुमा काम गर्न अप्ठ्यारो भएपनि समय बित्दै जाँदा सजिलो हुँदै गएको उनी बताउँछिन् । 

वन संरक्षणमा लाग्नु भन्दा पहिला गिता पनि गृहिणी नै थिइन । उनलाई घरको काम र मेलापात बाहेक अरू थाहा थिएन । तर, जब उनले सामुदायिक वनको सहसचिव भएर काम गरिन तब उनले आफूमा धेरै परिवर्तन भएको पाइन । विभिन्न कार्यक्रम र गोष्ठीमाआफू जस्तै अरू महिला बोलिरहेको देख्दा उनलाई म पनि बोल्न सक्छु भन्ने लाग्थ्यो ।  

उनी भन्छिन् ‘म पहिला केहीजान्दैन थिए । सहसचिव भएपछि विभिन्न वनका कार्यक्रममा जान थाले । त्यहाँ बोल्न थाले । धरै कुरा सिके ।’ उनले कामगर्दै जादा आफु जस्तै नेतृत्व सम्हालिरहेका अरु महिलाहरूलाई भेटिन्, चिनिन् । थप जिम्मेवारी सम्हाल्ने आट बटुल्न थालिन् । 

गिताले अहिले काय समितिका महिला पुरुष सबै पदाधिकारीलाई नेतृत्व गर्न सिकाऊँछिन । वन संरक्षणका जुनसुकै काममा पनि सबै भन्दा पहिला आफू अग्रसर हुन्छिन् । सबै उपभोक्ताहरूलाई वन संरक्षण गर्न प्रेरित गर्छन् ।  

यहाँ सम्म पुग्न गिताले गरेको सङ्घर्ष पनि कम छैन । एक वर्ष अगाडी आफू अध्यक्ष पदमा उठ्दा पुरुषहरूले गरेको विरोध उनी अहिले पनि सम्झिन्छन् । त्यति बेला वनको अध्यक्ष महिला बन्न नहुने भन्दै पुरुषहरूले उनलाई अस्वीकार गरे  । विवाद चर्किएर सर्वसम्मत अध्यक्ष छनौट गर्ने माहोल नबनेपछि निर्वाचन भएको थियो । गिता निर्वाचन लड्न तयार भइन् । अध्यक्ष बन्नका लागि पुरुष प्रतिद्धन्द्धीसंग प्रतिस्पर्धा गरिन् । 

उनलाई हराउन पुरुषहरूले थुप्रै मतदाताहरुलाई भोट हाल्न समेत रोक लगाएको गिता बताउँछिन । यसका बाबजुद पनि उनले बहुमत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भइन । निर्वाचनमा जम्मा ५५ भोट खसेकोमा उनले ३५ भोट प्राप्त गरेकी थिइन् । कामगर्न नसक्ने भन्दै उनलाई पुरुषहरूले होच्याउने, विभिन्न आरोप लगाउँने गर्थे । अहिले पनि असहयोग गर्न छोडेका छैनन् । तर उनी आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर काम गरिरहेकी छन् । 

आफू अध्यक्ष भएर आएपछि वन सुधारमा पहिला भन्दा बढी काम गरेको उनी बताउँछिन् । उपभोक्ताहरुले पनि उनको नेतृत्वको कदर गर्छन् । लालबालु भुस्किहुवा वनका उपभोक्ता तथा कैलारी १ को डम्मरा टोलका भलमन्सा दिपक राम चौधरी भन्छन्, ‘धेरै विरोध पछि उहा“ अध्यक्ष हुनुभएको हो, अहिले एक वर्ष मात्रै भयो, चोरीसिकारी नियन्त्रण गर्दै वन संरक्षणमा काम भएको छ, जुन काम पुरुषले मात्रै गर्छन् भन्ने गरिन्थ्यो ।’

वनजङ्गलको संरक्षण पुरुषभन्दा महिलाले राम्रो सँग गर्न सक्छन् भन्ने गितालाई विश्वास छ । त्यसैले आफू पछिको कार्यकाल पनि अध्यक्ष महिला नै बन्नु पर्नेमा उनी जोड गर्छिन् । 

भजनी नौ की २६ वर्षीय सुशीला चौधरी  को अनुभव पनि झुमा र गिताको भन्दा फरक छैन । ओम सान्ती सामुदायिक वन उपभोक्ता समूहको सचिवमा विगत पाँच वर्ष देखि काम गरी रहेकी छन् सुशीला । घरपरिवार र खेतीपातीमा मात्रै सीमित रहेकी उनलाई वनको जिम्मेवारीले नेतृत्व सम्हाल्ने हौसला थपेको छ ।

वनमा कामगर्दा आफ्नो जिम्मेवारी सँगै दैनिकी नै परिवर्तन भएको उनी बताउँछिन् । सामुदायिक वन संरक्षण कार्यमा खटिदै गर्दा महिला माथि हिंसा हुने गरेकोमा सचेत हुन थालिन् । पहिला वनको समितिमा महिलालाई नामका लागि मात्रै राखिन्थ्यो ।

महिलाले राखेका कुरा समितिका पुरुषहरुले सुन्दैन थिए । ‘तिमिहरुलाई केहि आउदैन भनेर होच्याउँथे् ।,’ उनले भनिन्, ‘महिलाले आफ्नो पद अनुसार गर्नु पर्ने काम पुरुषहरु नै गर्थे । यो भनेको हामि माथि हिंसा भइरहेको रहेछ ।’

पदाधिकारी भैसकेपछि सुरुवाती दिनहरु वनका कामले ढिलो भएर राति घर पुग्दा घरपरिवारका सदस्यले पनि नराम्रो दृष्टिकोणले हेर्थे । वन संरक्षणको नेतृत्व हाकि“रहेका महिलाले घरभित्र र बाहिर बाट भोग्नुपरिरहेको हिंसाबारे उनी बोल्न थालिन् । यसपछि उनले काम गर्न सक्छिन् भन्ने विश्वास बढ्दै गएको छ । उनी समाजमा अरू महिलालाई पनि हिंसा विरुद्ध बोल्न सिकाउँछिन् ।

सुशीला अब वन समितिको अध्यक्षकै जिम्मेवारी सम्हाल्न चाहान्छिन् । भन्छिन् ‘सुरुमा अलि समस्या हुन्थ्यो काम गर्न तर अहिले धेरै कुरा सिकिसकेको छु । अब  म मौका पाए अध्यक्ष भएर पनि हाम्रो वन चलाउन सक्छु ।’ 

सुशीला अहिले सामुदायिक वन मात्रै नभएर समाज परिवर्तनको संवाहक पनि बनेकी छन् । उनको समाजका सामाजिक गति विधिहरुमा उनको निर्णयलाई महत्वपूर्ण मानिन्छ । आफूमा आएको यो सबै परिवर्तन श्रेय उनी पनि सामुदायिक वनलाई नै दिन्छिन् ।

झुमा, गिता र सुशीलाजस्ता महिलाहरू सामुदायिक वनले ल्याएको परिवर्तन र सशक्तीकरणका प्रत्यक्ष उदाहरण हुन् । सामुदायिक वनले न केवल महिलाहरूलाई सशक्त बनाएको छ, बरु सामाजिक परिवर्तनको संवाहक समेत बनाएको छ । 

डिभिजन वन कार्यालय कैलालीका प्रमुख राचन्द्र कँडेल सामुदायिक वनकोे नेतृत्व पुरुषले भन्दा महिलाले राम्रोसँग गर्न सकिरहेको बताउँछन् । महिला अध्यक्ष भएको वन समितिमा आर्थिक अनियमितताका घटना नहुने गरेको कँडेलले बताए ।

‘महिलाहरुले  सामुदायिक वनमा सुशासनको अभ्यास गरेका छन्,’ उनले भने, ‘पुरुष अध्यक्ष भएको भन्दा महिला अध्यक्ष भएका वन बढी संरक्षित छन्, महिलाहरुको दैनिकी वनसंग जोडिएकोे हुनाले पुरुष भन्दा बढी वनसंग लगाव महिलामा हुने गरेको छ ।’ 

सामुदायिक वनको माध्यमबाट नेतृत्व गर्ने ज्ञान, सीप सिकेर समाजलाई रुपान्तरणको मार्ग देखाउने महिलाको संघर्ष नया“ पुस्ताका लागि प्रेरणादायी बनेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदश्य डण्डी सुवेदी बताउँछन ।

‘अवसर र विश्वास पाए महिलाहरू पनि नेतृत्वदायी भूमिकामा स्थापित हुन सक्छन् भन्ने कुरा सामुदायिक वन नेतृत्व गर्ने महिला दिदीबहिनीहरुले पुष्टी गर्नुभएको छ,’ उनले भने । 

राष्ट्रिय वनस्रोत सर्वेक्षण (एफआरए) २०१४ का अनुसार कैलाली देशकै सबैभन्दा बढीवन क्षेत्र भएको जिल्ला हो । यहाँ करिब तीनलाख २८ हजार सात सय १६ हेक्टरमध्ये दुई लाखपाँच सय ७३ हेक्टर वन क्षेत्र रहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ कैलालीको तथ्याङ्क अनुसार यो वन क्षेत्रमा ६ सय ४९ वटा सामुदायिक वन उपभोक्ता समूहहरू छन् । जसको नेतृत्व र संरक्षण स्थानीय समुदायले गरी रहेका छन् । यि मध्ये १ सय ५ वटा सामुदायिक वन उपभोक्ता समुहकोे नेतृत्व महिलाले गरिरहेका छन् ।