धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते

शुक्रबार पौष १२, २०८१/ Friday 12-27-24
Paschim Today

धनगढीः कैलालीको धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा बा २ झ १५४० नम्बरको गाडीले ठक्कर दिँदा पैदल यात्री महिला घाइते भएकी हुन्।

गाडीको ठक्करबाट घाइते ६५ वर्षीया ती महिलाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।