महाकाली किनारमा मेयर फोरम, सुदूर पश्चिमको संभावनाको चर्चा

मंगलबार पौष १६, २०८१/ Tuesday 12-31-24
Paschim Today

डडेल्धुरा, १६ पुस ।
परशुराम नगरपालिका डडेल्धुराको आयोजनामा सोमवार जोगबुढामा सुदूर पश्चिम मेयर फोरम शुरु भएको छ ।

प्रथम सुदूर पश्चिम मेयर फोरमको सोमवार उद्घाटन गर्दै प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले उद्घाटन फोरममा पालिकाका प्रमुखहरुकाबीचमा समृद्ध सुदूर पश्चिम निर्माणका लागि अवसर र चुनौतीका विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।
यो फोरममा सुदूर पश्चिमका अवसर र चुनौतीका बारेमा छलफल हुने छ, आर्थिक मामिला मन्त्री थापाले विश्वास व्यक्त गर्दै भने, समृद्ध सुदूर पश्चिम निर्माणका लागि यहीबाट अवसरको पहिचान गर्ने, चुनौतीहरुको समाधानका उपायका विषयमा छलफल हुने छ ।  

मन्त्री थापाले सुदूर पश्चिमको विकास र समृद्धिका लागि तीनै तहका सरकारकाबीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

संविधानले तीनै तहका जिम्मेवारी, अधिकार र दायराहरु स्पष्ट पारेको बताउदै मन्त्री थापाले स्थानीय सरकारले संबिधानले दिएका तिनै अधिकार र जिम्मेवारी पुरा गर्नु पर्ने बताए ।

मन्त्री थापाले सुदूर पश्चिम जलस्रोत, पर्यटन, प्राकृतिक संशाधन, खनिज, जडिबुटी, कृषिको अपार संभावना भएको बताए । उनले भने, सुदूरपश्चिममा जलस्रोतको अथाह संभावना छ । लगानीको आवश्यकता छ । 

मन्त्री थापाले सुदूरपश्चिममा योजना वितरणमा विकृति भएको औल्याउदै भने, म मन्त्री भएपछि चार हजार दुई सय मन्दिरका योजनाको माग थियो । त्यस्तै तटबन्ध, खानेपानी, सिंचाईका हजारौ योजनाहरुको माग थियो । व्यक्तिगत रुपमा माग गरिएका त्यस्ता योजनाहरुबाट बजेट निर्माण प्रभावित हुदै आएको छ । अव म त्यस्तो हुन्न दिन्न ।

उनले आगामि बजेटमा व्यक्तिका कुनै पनि योजना बजेटमा समावेश नहुने प्रतिबद्धता गरे । उनले भने, आगामी बजेटमा स्थानीय सरकार र सम्बन्धित कार्यालयको मागका आधारमा योजनामा बजेट बिनियोजन गर्नेछौ । 

उनले ५० लाख रुपैयामा निर्माण हुने कुलोमा सात वर्षदेखि क्रमागतका रुपमा बजेट दिएर डेढ करोड रुपैया खर्च गरेको पाईएको । मैले अर्थमन्त्री भएपछि योजना वितरणमा तमाम बिकृतिहरु पाए । उनले भने, सात वर्षदेखि एउटै कुलोमा बजेट बिनियोजन भईरहेको छ । तर कुलो बन्दैन । ५० लाखमा निर्माण हुने योजनामा एक करोड ५० लाख भईसकेको पाए । यस्ता बिकृतिहरु अव दोहरिन दिनेछैन ।

सुदूर पश्चिमका पूर्व आन्तरिक मामिला मन्त्री डा. रण बहादुर रावलले प्रचुर संभावना बोकेको सुदूर पश्चिम प्रदेशका लागि यहाँको भौगोलिक कठिनाई र पूर्वाधारको अभाव चुनौती भएको बताए । 

पूर्व मन्त्री रावलले गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न र रोजगारीका अवसरहरु सृजना गर्न तीनै तहका सरकारहरुका बीचमा सहकार्य र समन्वय हुनु पर्ने बताए ।

उनले सुदूर पश्चिमको विकास र समृद्धिका लागि उत्तरमा चीनसंग जोडिएका उरई र तिंकर नाकाहरु खोल्नु पर्ने बताए । विकासका लागि कनेक्टिभीटी आवश्यक हुन्छ, उनले भने, अहिलेसम्म उत्तर र दक्षिणका नाकाहरु खोल्न नसक्नु दुर्भाग्य हो । 

मन्त्री रावलले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढि प्रभावित सुदूरपश्चिममा जलवायु परिवर्तनको व्यवस्थापन र न्यूनिकरण गर्न आवश्यक भएको बताए ।

नगरपालिका संघका सुदूर पश्चिम प्रदेश संघका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले आफ्नो आन्तरिक आम्दानीका स्रोत नभएको अवस्थामा केन्द्र र प्रदेश मार्फत पर्याप्त बजेट नपाउदा स्थानीय सरकार सञ्चालनमा कठिनाई भएको बताए ।

अध्यक्ष भट्टले संबिधानको मर्म अनुसार तीन तहका सरकारकाबीचमा सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक भएको बताए । 

सात वर्षको अबधिमा प्रदेश सरकारबाट स्थानीय सरकारले बजेट नपाएको गोदावरी नगरपालिकाका प्रमुख भट्टको गुनासो । 

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले स्थानीय सरकारहरु प्रतिस्पर्धी नभएको प्रष्ट पारे । हामी प्रतिस्पर्धी होईनौ । उद्देश्य समृद्ध पालिका निर्माण गर्ने हो । हाम्रो समस्या, चुनौती, समस्या र कठिनाई साझा छन्, त्यसको समाधानका लागि हामीबीच सहकार्य, समन्वय र एकता आवश्यक छ, उनले भने, स्थानीय सरकारका तिनै साझा समस्या समाधानका लागि छलफल तथा रणनीति बनाउने उद्देश्यले मेयर फोरमको आयोजना गरेका हौ ।

उनले मेयर फोरममा सहयोग गर्ने दातृ निकाय, साझेदार संघसंस्था र फोरममा सहभागी हुने पालिकाका प्रमुख, उपप्रमुख र सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा रुडुकका कार्यकारी निर्देशक केके श्रेष्ठले मेयर फोरममा पालिकाका प्रमुखहरुबीच हुने छलफलबाट स्थानीय सरकारका साझा चुनौती र अवसरहरुको पहिचान हुने विश्वास व्यक्त गरे ।

नाराका अध्यक्ष शिव अधिकारीले महाकालीमा ¥याफ्टिङ सञ्चालनका लागि सुदूर पश्चिमका तीनै तहका बीचमा सहकार्य आवश्यक भएको बताए । जल पर्यटनको अथाह संभावना बोकेको महाकाली नदीमा ¥याफ्टिङ सञ्चालन भए वर्षेनी हजारौ पर्यटकहरु सुदूर पश्चिम आउनेछन्, उनले भने, नेपालमा ¥याफ्टिङ शुरु भएको ५० वर्ष भयो । र, सरकारले महाकाली नदी खोलेको चार दशक भयो । तर अहिलेसम्म महाकाली नदीमा ¥याफ्टिङ सञ्चालन नहुनु दुःखद कुरा हो ।

सुदूर पश्चिम यति सुन्दर छ, नबिगारे हुन्थ्यो लाग्छ, उनको आग्रह थियो, डोजर लगाएर भएका संरचना भत्काउने, नदीलाई फोहोर बनाउने कार्य रोक्न आवश्यक छ ।

परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत कल्पना भट्टले सुदूर पश्चिमका स्थानीय सरकारले गरेका असल अभ्यास र साझा चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले मेयर फोरम आयोजना गरिएको बताईन । छलफलबाट साझा चुनौतीको पहिचान गरौ । उनले भनिन्, असल अभ्यास अनुशरण गरौ । र, साझा चुनौती समाधानका लागि सहकार्य गरौ । 

May be an image of one or more people, dais and text

मंगलवार(आज) सम्म चल्ने मेयर फोरममा स्थानीय सरकारका साझा चुनौती, असल अभ्यास, नीतिका कुरा र  सुदूर पश्चिमको संभावनाका विषयमा बहस भईरहेको छ । May be an image of 4 people