छ दशक पहिले यस्तो थियो काठमाण्डौं 

शनिबार पौष २०, २०८१/ Saturday 01-04-25
Paschim Today

काठमाण्डौं, २० पुस ।
छ दशक पहिले काठमाण्डौं कस्तो थियो होला  संसारकै प्रदुषित शहरहरुको सूचिमा परेको काठमाण्डौं र त्यही मध्येभाग भएर बागमती के अहिलेकै जस्तो प्रदुषित थियो होला 
? अहिले सास फेर्ने गाह्रो भईरहेको काठमाण्डौंमा कहीकतै खाली ठाउँ र स्वच्छ हावा पाईन छोडिसक्यो ? छ दशकअघि काठमाण्डौं यस्तो थिएन । काठमाण्डौं खुला थियो । यस्तो कंक्रिटको विकास थिएन । यस्तो भीडभाड र प्रदुषण थिएन,काठमाण्डौंमा । अहिले जस्तो छुन नमिल्ने थिएन बागमती । सफा थियो । पिउन मिल्ने थियो बागमतीमा बग्ने पानी । काठमाण्डौंका चारैतिर खुला आँखाले छ्यांगै हिमाल देखिन्थे । 

कीर्तिपुर अहिले जस्तो थिएन । खुला कीर्तिपुरमा देखिने एउटा पक्की र ठूलो संरचना थियो,त्रिभुवन विश्वविद्यालयको । टुडीखेलमात्र होईन, त्यसको आसपासको क्षेत्रमा पनि खाली थियो ।

डिल्लीबजारको अहिलेको गल्लीमा त्यतिबेलै पक्कीघरहरु थिए । र, त्यही नजिकै थिए, धान फल्ने खेतहरु ।  पशुपती मन्दिरको संरचनाहरु धेरै उहिल्यै बनिसकेका थिए । चोभारको गल्छी प्रष्ट देखिन्थ्यो, टाढैबाट ।

२०२५ साल असोज २९ गते भारतीय राष्ट्रपति डा= जाकीर हुसैन काठमाण्डौं आएका थिए । महात्मा गान्धीको शत वार्षिकीको अवसरमा राष्ट्रपति डा= जाकीर हुसैनले त्रिभुवन विश्व विद्यालयमा गान्धी भवनको शिलान्यास गरेका थिए । उनको नेपाल भ्रमणका दुर्लभ तस्वीरहरु हामीले यस समाचारमा प्रकाशित गरेका छौ ।

अमेरिकी पीस कोर ड ह्याचले आजभन्दा ५८ वर्ष अघि खिचेका काठमाण्डौंका दुर्लभ तस्वीरहरु द एभरेष्ट पोष्टले प्राप्त गरेको छ । जसलाई हामीले आजको अंकमा प्रकाशित गरेका छौ । यी तस्वीरहरु हामीले पीसकोरहरुको फोटो ग्यालरीबाट साभार गरेका हौ ।