धनगढीमा भोलिबाट 'ओशो योग-प्रज्ञा साधना-१' कार्यक्रम हुँदै 

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25
Paschim Today

धनगढी : धनगढीमा भोलि बाट 'ओशो योग - प्रज्ञा साधना-१' कार्यक्रम हुने भएको छ ।  ओशोधारा सङ्घ नेपाल, ध्यान केन्द्र धनगढीको आयोजनामा माघ ३ देखि ६ गते सम्म कार्यक्रम हुन  लागेको हो ।  कार्यक्रममा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरूले  भाग लिन पाउने आयोजकले जनाएको छ । 

ओशो कार्यक्रममा ध्यान, मेडिटेशन, योगा, लाफिंङ्ग मेडिटेशन लगायतका गतिविधि हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । ओशोधार सङ्घ कैलालीका संयोजक निर्मला बागचन्दले कार्यक्रममासहभागि भई सबैलाई लाभ लिन आग्रह गरेकी छन् ।

मानिसहरूको व्यस्त जीवनशैली र त्यसबाट सृजना हुने शारीरिक, मानसिक तनावबाट  छुटकारा पाउन यस कार्यक्रममा सहभागी हुनु पर्ने स्वामी आशो अखण्डले बताए । उनले स्वास्थ्य प्रति जागरूक रहन नेपाली समाजलाई योग र साधनाका माध्यमबाट यो कार्यक्रमले टेवा पुर्‍याउने बताए । 

चार दिन सम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले खाना नास्ता खर्च वाफत चार हजार शुल्क तिर्नु पर्ने छ । कार्यक्रम धनगढी स्थित टेम्पल रिसोर्टमा हुने छ ।