महिला प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीको पहिलो जित
शुक्रबार माघ ४, २०८१/ Friday 01-17-25
Paschim Today
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो
गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्योलुम्बिनीका लागि सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गि पाठकले १८ रन बनाइन् ।
गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।
यसअघि गण्डकीले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् ।
लुम्बिनीका लागि मनिष रानाले २ तथा मधु डीसी र अङ्गि पाठकले १–१ विकेट लिइन् ।
तपाईको प्रतिक्रिया