एनकेएलमा आज : विराटनगर र धनगढी तथा हिमायलन र जनकपुर भिड्ने
शनिबार माघ ५, २०८१/ Saturday 01-18-25
Paschim Today
राजधानीमा जारी फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिगमा आज २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने खेल अपरान्ह साढे ५ बजे र साढे ६ बजे सुरुहुने छ । साढे ५ बजे हुने खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्स भिड्ने छन् ।
यसैगरी हिमालयन रेइडर्स र जनकपुर नाइट्सको खेल साढे ६ बजे सुरुहुने छ । शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं माभरिक्सले पोखरा लेकर्समाथि जीत दर्ता गरेको थियो । रोमाञ्चक खेलमा काठमाडौंले ४२–४१ ले बाजी मारेको थियो । नेपाल कबड्डी लिग एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका छन् ।
तपाईको प्रतिक्रिया