मोटरसाइकलको ठक्करबाट नेपाली काँग्रेस कैलालीका सचिव घाइते
सोमबार माघ ७, २०८१/ Monday 01-20-25
Paschim Today
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्र बोहराले जानकारी दिएका छन्। सुनारलाइ बाटो काट्ने क्रममा धनगढी–२ सन्तोषी टोलका सन्देश राईले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ३९३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट सचिव सुनारको दाहिने हात भाँच्चिएको छ भने टाउको र अर्को हातमा पनि गम्भीर चोट लागेको छ।
घाइते सुनारको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
तपाईको प्रतिक्रिया