टर्कीको होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25
Paschim Today

एजेन्सी – उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।

सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने ,’हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटेलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।’

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । ‘यो एकताको दिन हो,’उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए।

टर्कीए सरकारले होटेलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार नौ जनालाई पक्राउ गरिएको बताए।

आगलागी हुँदा करिब २३४ जना पाहुना होटेलमा बसिरहेका थिए ।