पोटली : रेष्टुरेण्टमा नयाँ पन

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

धनगढी, २० माघ ।

धनगढीमा केही वर्षअघि खुलेका अधिकांश रेष्टुरेण्टहरु पछिल्लो दुई वर्षमा बन्द भए । चलेकाहरु पनि बन्द सरह छन् । व्यापार छैन् ।

तर यही बेला धनगढी तारानगरमा पोटली रेष्टुरेण्ट सञ्चालनमा आएको छ । धनगढीमा बिभिन्न व्यवसाय र पेशामा संलग्न राजु चन्द, हरी जोशी, नरेश जोशी, आँचल चन्द सहित चार जना युवाहरु मिलेर पोटली सञ्चालनमा ल्याएका हुन् ।

झण्डै डेढ करोड रुपैया भन्दा लगानीमा माघको पहिलो साता सञ्चालनमा आएको पोटली पछिल्लो समय ग्राहकको रोजाईमा परेको छ ।

उत्तरबेहडी–राष्ट्र बैंक सडक अन्तर्गत एक्सिस विद्याश्रमको प्लस टु भवन नजिकै सञ्चालनमा आएको पोटली कफि पारखीहरुको त रोजाईमा परेको छ नै, खाना र खाजाका पारखीहरुका लागि पनि यो हव भएको छ ।

पोटली रेष्टुरेण्टको आउट लुक आकर्षक छ । र, रेष्टुरेण्टभित्रको बसाई पनि सुविधायुक्त छ । खाना र खाजाको भेरायटी र स्वादका कारण पनि छोटो समयमै ग्राहकको रोजाईमा परेको सञ्चालक राजु चन्द बताउछन् । 

स्वस्थबद्र्धक खानेकुरा सस्तो मूल्यमा दिईरहेका छौ । गुणस्तरमा सम्झौता गरेका छैनौ, अर्का सञ्चालक हरी जोशीले भने, ग्राहकको स्वास्थ्य र स्वादमा ध्यान दिएका छौ ।

१५ वटा गाडी पार्किङको सुविधा भएको पोटलीमा एक पटकमा ५० जना अटाउने दुई वटा साना मिटिङ हल र दुई वटा ठूला रेष्टुरेण्ट हल छन् । र, बिहानीको समयमै न्यानो घामका कफी खान रुचाउने ग्राहकहरुका लागि बाहिर पट्टी कुर्सी र छाता राखिएका छन् ।

ग्राहकको मागका आधारमा खाना र खाजाका परिकार थप्दै लगेको सञ्चालक जोशीले जानकारी दिए ।

कोदो, मकै, फापर लगायतका सुदूर पश्चिमका रैथाने खानाका परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने सोचका साथ पोटली रेष्टुरेण्ट सञ्चालनमा ल्याएको जोशीले सुनाए ।