सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
सोमबार माघ २१, २०८१/ Monday 02-03-25
Paschim Today

काठमाडौं– सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ ।
शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो ।
तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तपाईको प्रतिक्रिया