महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम
बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/382466853_3572936413022230_4226913411122011302_n2025-02-05-01-58-07.jpeg)
धनगढी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम मनोनित भएकी छन्।
उनलाई संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मंगलबार मनोनित गरेकी हुन्। कैलालीमा महिला नेतृत्वलाई उचाइमा पुर्याउन सुनामको नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।
सुनामले आफूलाई प्राप्त जिम्मेवारीले आत्मबल बढेरको र दृढताका साथ जिम्मेवारी निर्वाह गर्ने बताएकी छन्।
तपाईको प्रतिक्रिया