पटेला स्मार्ट क्लब द्धारा विद्यालयमा शैक्षिक सामाग्रि वितरण

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

कैलाली : कैलालीको पटेलामा रहेको श्री जनजागृति आधारभूत विद्यालयको २८औं वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति का अध्यक्ष अन्तराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडा अध्यक्ष श्री मोती राना थारु रहेका थिए ।

कार्यक्रममा  पटेला स्मार्ट क्लब र भूतपूर्व विद्यार्थीहरूले विद्यालयका ५४ जना विद्यार्थीहरूलाई १/१ थान झोला वितरण गरेका थिए। विद्यार्थीहरूलाई शैक्षिक सामग्री  प्रदान गर्न  समन्वय गर्ने  पटेला स्मार्ट क्लबलाई सम्मानपत्र प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक  शान्ति चौधरीले आभर प्रकट गरेकी थिइन् ।

सम्मान पत्र धनगढी उपमहानगरपालिका  ७ का  वडा अध्यक्ष मोती राना थारुले प्रदान गरेका थिए ।