कैलालीमा २ वर्षकी छोरीसहित मृत भेटिइन् मिरा
शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/death2025-02-07-08-59-33.jpeg)
कैलाली। कैलालीमा आमा–छोरी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी गोठानमा बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए।
उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतका आफन्तले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया