डोटीमा रुखबाट लडेर एक महिला घाइते

बुधबार फागुन ७, २०८१/ Wednesday 02-19-25
Paschim Today

डोटीः डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको बडिकेदार गाउँपालिका–२ खड्यौली बस्ने ३३ वर्षीया मिना रेश्मी मगर रुखबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार घर नजिकै रहेको बाँजको रूखमा स्याउला काट्ने क्रममा उनी घाइते भएकी हुन्। घाईते मिनालाइ स्थानिय स्वास्थ्य चौकी खड्यौलीमा सामान्य उपचार पछि थप उपचारको लागी धनगढी पठाएको प्रहरीले जनाएको छ।