अजयमेरु कोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न सुझाव

डडेलधुरा । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्वविद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको बताएका छन्।
जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमै आयोजना गरिएको प्रजातन्त्र दिवसका अवसरमा उनले अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक रहेको बताए ।
अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रुपियाँ विनियोजन गरेपछि उनिसहित पुरातत्त्व विभागको एक टोलीले अजयमेरुकोट क्षेत्रमा पहिलो पटक उत्खनन र अध्ययन गरिरहेको छ ।
उनका अनुसार यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै हो । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । उनले भने, बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन् । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको छ ।
पुरातत्त्व विभागले यसैको महत्वलाई ध्यानमा राखेर २०६५र०६६ मै यसलाई ‘क’ वर्षको वर्गीकरणमा सूचीकरण गरेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका जति पनि सम्पदा, मनोमेन्टहरु छन्, ती भन्दा यो क्षेत्रका महत्त्वपूर्ण रहेको उनले बताए ।
म परियोजनाको प्रमुख भइसकेपछि २०६५र०६६ देखि २०७०र०७१ सम्म देवल, मण्डलीहरूको पुनः निर्माणको काम अघि बढाएको थिए ,उनले भन्नुभयो, पुनः निर्माण पनि गरेको थिए । पुरातत्त्व विभागको टोलीले राम्रो काम पनि गरेको थियो । तर स्थानीय निर्माण व्यवसायीहरूले काम गर्दा गुणस्तर गतिलो नभएपछि पुरातत्त्व विभागले काम रोकेको हो ।
उहाँका अनुसार अजयमेरुकोट थुप्रै किसिमका १३ औँ, १४ औँ शताब्दीका कोटदेखि लिएर किल्लाको रूपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेको उनले बताए ।
यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरू, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैमा सार्वजनिक स्वामित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुङ्गे देवलहरू, नाउला र मण्डलीहरू नीति स्वामित्वमा रहेका छन् ।
निरय पाल र नागी मल्लको अभिलेख नै पाइएको छ । उनले भने, पहिले नपढिएका केही अभिलेखहरू अहिले हामीले उतार गरेका छौ । यसको क्रस चेक गर्छौ । विषय विज्ञहरूसँग बसेर अध्ययन गर्छौ । यहाँ १३ औँ शताब्दीका संरचनाहरू यत्रतत्र छरिएर रहेका छन् ।
अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको उनले बताए । बिचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुईँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको उनले बताए ।
मुख्य दरबार क्षेत्रमा दरबारसँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएको उनले बताए ।
एक त यो क्षेत्र विश्व सम्पदा सूचीमा सबैभन्दा पहिलो राख्नु पर्ने क्षेत्रका रूपमा रहेको छ । उनले भने, योभन्दा कमजोर क्षेत्र दैलेखको घुर्तिघाह आजभन्दा झण्डै २६ वर्ष अगाडी १९९६ मा नै विश्व सम्पदा समायोजन सूचीमा परेको छ । यो कुनै पनि हालतमा विश्व सम्पदाको सम्भावित सूचिमा सूचिकृत गर्न योग्य ठाउँ हो । पुरातत्त्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमा नै यसको अध्यायका लागि साथीहरू आउँदै छन् ।a
तपाईको प्रतिक्रिया