कञ्चनपुर–१ मा वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता, सांसद तामाङले गरे उद्घाटन

शनिबार फागुन १०, २०८१/ Saturday 02-22-25
Paschim Today

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा वडास्तरीय ज्येष्ठ नागरिक सम्मान मेयर कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पुनर्वास नगरपालिका–३ को  खेलकुद समिति (कालिका युवा क्लब र राम युवा क्लब)को आयोजनामा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । 
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै सांसद तामाङले वडास्तरीय ज्येष्ठ नागरिक सम्मान मेयर कपले फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 


आयोजककाअनुसार प्रतियोगितामा २० वटा टिमको सहभागिता रहनेछ । उद्घाटन कार्यक्रममा पुुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा उपप्रमुख भुलिया राना, वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ्ग वडा नम्बर ६ का अध्यक्ष मित्र लामा लगायतका अतिथि रहेका थिए भने राम युवा क्लबका अध्यक्ष जीन बहादुर तामाङ्गले अध्यक्षता गरेका थिए ।