बुवाको सम्झनामा विद्यालयमा मन्दिर निर्माण

शनिबार फागुन १०, २०८१/ Saturday 02-22-25
Paschim Today

कैलाली । बैतडीमा बुवाको सम्झनामा विद्यालयमा सरस्वती मन्दिर निर्माण सुरु गरिएको छ ।जिल्लाको  पाटन नगरपालिका ४ मा अवस्थित  श्री नवदुर्गा आधारभूत विद्यालय को प्राङ्गणमा स्थानीय प्रेम सिंह बिष्टले आफ्ना स्वर्गीय बुवा  दानसिंह विष्टको स्मृतिमा सरस्वतीको मन्दिर निर्माण गरिरहेका हुन् ।

२०८१ सालको सरस्वती पूजाको दिन विधिवत् रुपमा सुरुवात गरेका सिंह आफै मन्दिर निर्माणमा खटिएका छन् । 

आफू स्वयम सोही विद्यालयमा अध्ययन गरेको भन्दै उनले विद्यालयमा  सरस्वतीको मन्दिर बनाउन लागेको बताए । सानैदेखि विद्यालयमा मन्दिर नहुँदा सरस्वती पूजामा पनि पूजा गर्न नपाएको  देखेर आफूले बुवाको सम्झनामा मन्दिर बनाउन लागेको उनले बताए ।

नयाँ वर्षभित्रै मन्दिर निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक  धनी दत्त  भट्टले मन्दिर निर्माण हुँदा विद्यालयको प्रारथानामा सहज हुने बताउँछन् ।