छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै ४६ वर्षका बोहरा
आइतबार फागुन २५, २०८१/ Sunday 03-09-25
Paschim Today

बैतडी, २५ फागुन। बैतडीको पुर्चौडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै छन् । उनि उमेरले ४६ वर्ष पुगे । बोहरा छोरी डम्मरासँगै कक्षा ८ को परीक्षामा सहभागी भइरहेका छन् । पुर्चौडी नगरपालिका–८ मा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइरहेको डिलाशैनी माविका प्रधानाध्यापक वीरेन्द्र रतोकीले बताए ।
मल्लादेही विद्यालयको कक्षा ८ को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको प्रधानाध्यापक रतोकीले बताए ।
सानो उमेरमा कक्षा ५ सम्म अध्ययन गरेका बोहराले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्ययन सुरु गरेका हुन् । बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रूपमा पनि कार्यरतछन् । बोहराको पढाइप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको डिलाशैनी माविका प्रधानाध्यापक रतोकी बताउछन् ।
तपाईको प्रतिक्रिया