टीकापुरबाट भन्सार छलिका सामान बरामद
शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today
2025-03-14-09-12-51.jpeg)
धनगढीः कैलालीको टीकापुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २१ हजार ९१० बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीको चिनी, किसमिस, चना, केराउ, चियापत्ती, भाँडाकुँडा, मोटरसाईकल थान–१ लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया