कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत
बिहीबार चैत ६, २०८१/ Thursday 03-20-25
Paschim Today

धनगढी, चैत ७ गते । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित किशोरीको स्वास्थ्य चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया