स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पश्चिम टुडे धनगढी ९ चैत ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि उपशाखा कार्यालय धनगढी कैलालीको १ दिने वित्तीय साक्षरता कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
लघुवित्तले धनगढीको उपमहानगरपालिका वडा नं १ मा स्थित सरस्वती आधारभुत कार्यक्रम संचालन गरेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं.०१ का वडा अध्यक्ष सन्तोष मुडभरी, अतिथिहरुमा धनगढी उपमहानगरपालिका वडा नं.०१ का वडा सदस्य धर्मराज उपाध्याय, वडा प्रहरी कार्यालयका प्रतिनिधि मदन विष्ट, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि इलाका कार्यालय धनगढी क्लस्टर प्रमुख श्री कुमारी गुरुङ्ग रहेका थिए ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक दिनेश पौडेलले कार्यक्रममा सहभागी भएकाहरुलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षक पौडेलले कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता के हो ? आम्दानी र खर्च व्यवस्थापन बजेट बनाउने, बचतको महत्व, लगानी गर्ने तरिकाहरु, ऋणको व्यवस्थापन, डिजिटल वित्तिय सेवा अपाउने लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए ।
प्रमुख अतिथि सन्तोष मुडभरीले कार्यक्रममा सहभागीहरुलाई ग्राहक सदस्यहरुलाई बचतको महत्व, जुन उद्देश्यले कर्जा लिएको हुन्छ त्यसै उद्देश्यमा कर्जाको सदुपयोग गर्न, वित्तीय अनुशासन कायम राख्नु हुन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा उपशाखा कार्यालय धनगढी कैलालीमा आवद्ध रहेका सदस्य तथा अभिभावक सहित ३ जनालाई विमा सुविधा वापत रु ३ लाख ६९ हजार रुपैया वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सन्तोष मुडभरीले २०८० सालमा ग्राहक सदस्यका छोराछोरी मध्ये सवै भन्दा उत्कृष्ठ नतिजा ल्याउने १ जना छात्रा सुजाता वोगटीलाई नगद पुरस्कार रु १० हजार रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रममा अतिथि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि इलाका कार्यालय धनगढी क्लस्टर प्रमुख श्री कुमारी गुरुङ्गले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि उपशाखा कार्यालय धनगढीवाट सञ्चालित यस १ दिने कार्यक्रमले हाल विद्यमान समयमा रहेका सदस्यहरुका सरोकारका विषयहरुमा प्रष्ट पार्न मदत गरेको र सबै जना सदस्यहरुले वित्तीय साक्षरतामा सहभागी भई आफ्नो आर्थिक अवस्थालाई सुधार गर्दै सफलता तर्फ उन्मुख हुनु हुनेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् ।
उपशाखा प्रमुख देव राज मिश्रले वित्तीय ज्ञानको कमीले ग्राहकहरु जुन रुपमा प्रगति गर्नु पर्ने नभई राखेकाले हालको आवश्यकताका रुपमा वित्तीय साक्षरता निकै महत्वपुर्ण रहेको र उपशाखा कार्यालयले आफ्नो कार्य क्षेत्र भित्र यस किसिमका कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि यस किसिमका कामहरुलाई प्राथमिकतामा राखि ग्राहक सदस्यहरुको सामाजिक तथा आर्थिक अवस्थालाई सुधार गर्न सदैव कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया