कञ्चनपुरमा स्कुटर ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु

आइतबार चैत ९, २०८१/ Sunday 03-23-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा स्कुटी ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशा तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर ट्याक्टरको पछाडी ठोक्किदाँ शनिवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटरको पछाडी सवार भीमदत्त नगरपालिका–११ का४० वर्षीय प्रेम गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा गिरी घाइते भएका र उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। स्कुटर चालक भीमदत्त नगरपालिका भुजेला बस्ने ४२ बर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।