सुदूरपश्चिम सुन्दर पश्चिम हो : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सुन्दर पश्चिम प्रदेश रहेको बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सबै भाषा धर्म, संस्कृति मिलेको प्रदेश सुन्दर रहेको बताएका थिए ।
उनले पर्यटकीय दृष्टिकोणले पनि सुदूरपश्चिम सुन्दर रहेको बताए । उनले मुलुकको धर्म संस्कृति बुझ्न कैलाली कञ्चनपुर मात्रै भ्रमण गरे पर्याप्त हुने बताएका थिए । ‘विभिन्न संस्कृति र पर्यटन हेर्दा सुदूरपश्चिम सुदूरपश्चिम हो ’ उनले भने, ‘यहाँ सबै धर्म, संस्कृति भाषा भएकाहरू मिलेर बस्नु भएको छ । ’
मस्जिद विलाल गौसिया समिति को आयोजना मा भएको कार्यक्रममा उनले सलाम शब्द सबैका प्रिय बन्दै गइरहेको भन्दै यसलाई कुनै एउटा धर्मको शब्द मात्रै भन्न नहुने बताएका थिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, २ का वडाध्यक्ष गोविन्द वि.क, ४ का वडाध्यक्ष जगत बहादुर शाही, ६ का वडाध्यक्ष एवम् नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्ष रामकृष्ण चौधरी ( रञ्जित), प्रदेश क्षेत्र नम्बर २ ख समिति सभापति तेज प्रताप मल्ल, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचिव नवीन ढुङ्गाना लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाहीले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताए । कार्यक्रममा कोटागढी बजार का व्यापारी, समाजसेवी, बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो संस्था का अध्यक्ष आरिफ कुरुसी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निमोदिम भट्टले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया