धनगढीमा आगलागीबाट २ घर जलेर नष्ट
आइतबार चैत ९, २०८१/ Sunday 03-23-25
Paschim Today

धनगढी: कैलालीको धनगढीमा २ घर र एक गोठमा आगो लागेको छ।
धनगढी उपमहानगरपालिका–१६ आमबारीका र्हकबहादुर रामजाली मगर, विकास विकको घर तथा सरु विकको गोठमा ओगो लागेको हो। प्रहरीले आइतवार दिउँसो आगलागी हुँदा तीन जनाको पाँच लाख बराबरको क्षति भएको बताएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। प्रहरीले आगो लाग्नुको कारणको विषयमा अनुसन्धान जारी हरेको बताएको छ।
तपाईको प्रतिक्रिया