स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
2025-03-23-07-38-59.jpeg)
धनगढी, चैत १० गते । गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ । महासङ्घले आइतबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो।
महासंघका अध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो । महासङ्घले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ ।
यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ । यस्तै, महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उलब्ध गराउनुपर्ने प्रदेश सरकारसँग माग राखिएको छ ।
मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धता जनाए । बाँकी माग पनि आवश्यक छलफल र समन्वय गरेर सम्बोधन गरिने मुख्यमन्त्रीको भनाइ थियो ।
तपाईको प्रतिक्रिया