धनगढीमा जस्मिन मसलाको दसैँ-तिहार ‘ट्रिपल धमाका’

धनगढी : धनगढीमा त्रिशुल फुड्स प्रा। लि। अन्तर्गतको जस्मिन मसलाले दसैँ(तिहारलाई लक्षित गरी आयोजना गरेको ‘ट्रिपल धमाका’ लक्की ड्र कार्यक्रम धनगढीमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक राजाराम खरेल, सेल्स डाइरेक्टर कञ्चन कुमार मिश्र, सेल्स म्यानेजर मदन श्रेष्ठ, राप्ती, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका आधिकारिक डिलरहरू, धनगढी र महेन्द्रनगरका होलसेल तथा खुद्रा किराना व्यवसायीहरू गरी करिब १५० देखि २०० जनाको उपस्थिति रहेको थियो।
विगत १५ वर्षदेखि नेपाली बजारमा आफ्नो उपस्थिति जमाउँदै आएको जस्मिन मसलाले यसपालि देशभर चारवटा स्थानमा लक्की ड्र कार्यक्रम गर्ने योजना बनाएको छ । जस अनुसार २०८१ सालको पहिलो कार्यक्रम धनगढीमा सम्पन्न भएको हो। यसपछि, पोखराको, इटहरी, र काठमाडौंमा पनि यो कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ।
लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको छ। जसअनुसार प्रथम पुरस्कार ४३ इन्चको टिभी दाङका ढकाल स्टोरले प्राप्त गरेको छ भने द्वितीय पुरस्कार ३२ इन्चको टिभी महेन्द्रनगरका दिक्षा किराना तथा सुर्खेतका गङ्गामाला स्टोरले जितेका छन्। तृतीय पुरस्कारअन्तर्गत पाँच जनालाई ग्यास चुल्हो प्रदान गरिएको छ । चौथो पुरस्कार १५ जनालाई ब्ल्याङ्केट प्रदान गरिएको छ। त्यस्तै, सान्त्वना पुरस्कारअन्तर्गत ४० जनाले ट्राभल ब्याग प्राप्त गरेका छन्।
यस कार्यक्रममार्फत कम्पनीले आफ्ना डिलर, वितरक, तथा खुद्रा व्यवसायीहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ। जस्मिन मसलाले आगामी वर्षहरूमा पनि यस्ता ग्राहकमुखी कार्यक्रमहरू गर्दै जाने बताएको छ।
तपाईको प्रतिक्रिया