बैतडीबाट एक फरार प्रतिवादी पक्राउ

मंगलबार चैत ११, २०८१/ Tuesday 03-25-25
Paschim Today

बैतडीः बैतडीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना २४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका दशरथचन्द नगरपालिका–४ धुरा बस्ने २२ वर्षीय बिरेन्द्र रावल पक्राउ परेका छन्। रावललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमवार गोठलापानीबाट पक्राउ गरेको जनाएको छ।