कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ
मंगलबार चैत ११, २०८१/ Tuesday 03-25-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–८ आमथला बस्ने २० वर्षीय दिनेश बम र गैलनदी बस्ने १८ वर्र्षीय किशोरलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा गरिएको हो। नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम २१ मिलिग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै भीमदत्त नगरपालिका–१७ मझगाँउबाट वेदकोट नगरपालिका–५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई १ दशमलव २३ ग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया