प्रदेश सरकारको बजेटले पुल मर्मत सुरु
बिहीबार चैत १३, २०८१/ Thursday 03-27-25
Paschim Today

धनगढी, चैत १४ गते । कैलालीको कैलारी गाउँपालिका–४ र ६ जोड्ने घुरहा नदी पुल किनारमा मर्मतको काम सुरु भएको छ । प्रदेश सरकारले बजेट दिएपछि आजबाट मर्मतको काम थालेको हो ।
पुल किनारमा मर्मतका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्याएको छ । प्रदेशको बजेटले मर्मतको काम सुरु भएको वडा नम्बर ४ का वडाध्यक्ष ठागुराम चौधरीले जानकारी दिए ।
नदीले बहाव परिवर्तन गरेपछि केही वर्ष अगाडि नै पुलको पूर्वतर्फ किनारमा सडक भासिनुका साथै भ्वाङ परेको थियो । यसअघि पनि काम चलाउ टालटुल गरिएको थियो । यस पटक आरसिसीसहितको मर्मत कार्य हुने वडाध्यक्ष चौधरीको भनाइ छ ।
पुल किनारमा सडक भासिनुका साथै भ्वाङ परेपछि दुर्घटनाको जोखिम छ । सो पुल भएर ठुला सवारी साधन ओहोरदोहोर हुन सक्दैन । मोटरसाइकल, साइकल र पैदलयात्रीलेमात्रै ओहोरदोहोर गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया