सुनकाे मूल्य घट्याे

सोमबार चैत २४, २०८१/ Monday 04-07-25
Paschim Today

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको छ।

साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ। आइतवार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।