बानामा जितेन्द्र गुरुङको पुरै प्यानल बिजयी

बाल्टिमोर, २६ चैत्र ।
बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) मा जितेन्द्र गुरुङको पुरै प्यानल बिजयी भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा गुरुङ १,१६१ मत सहित बिजयी हुदा उनका निकटत प्रतिद्धन्दी कोशिस भण्डारीले ९५५ मत पाए । अध्यक्ष पदकी अर्की उम्मेदवार लक्ष्मी भारतीले ५६१ मत ल्याईन ।
वरिष्ठ उपाध्यक्षमा जनक थापा ९८५ मत ल्याएर बिजयी भए । उपाध्यक्षमा बिजयी भएका ब्रजेश महर्जनले १,१२५ मत पाए । महासचिवमा सलिन बस्नेत १,००१ मतले बिजयी भए । त्यस्तै सचिवमा बिजयी सुशील खत्रीले ९३९ मत ल्याए । कोषाध्यक्षकी उम्मेदवार संजु डंगोलले ९९७ मत ल्याएर बिजय हात पारिन ।
यसैगरी कार्य समिति सदस्यमा हृदय केसी (१,३७७), प्रविन लामा (१,३४६), राजु सुबेदी (१,३३५), भुपेशजंग शाही (१,३१०),सोनीका चुनारा (१,२६४), अर्जुन क्षेत्री (१,२२०), लक्ष्मीराम (ललित) शाह )१,१८३) र डा. कृष्ण विष्ट (१,१७३) बिजयी भए ।
बानाको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो । गुरुङको प्यानल दुई वटा प्यानललाई पराजित गर्दै बिजयी भएको हो । बानाको नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष (२०२५-२०२८) को हुनेछ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००५ मा स्थापना भएको बानामा ४८०३ जना मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया