सुनको मूल्य दुई हजारले बढ्यो

बुधबार चैत २६, २०८१/ Wednesday 04-09-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।