सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

बिहीबार चैत २७, २०८१/ Thursday 04-10-25
Paschim Today

काठमाडौँ ।  आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ६ हजार रुपैयाँले बढेको हो । 

 

महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँ पुगेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज सूनको मूल्यले सो रेकर्ड नयाँ रेकर्ड बनाएको हो । 

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ ।  बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको थियो ।  सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।