कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

बुधबार बैशाख १०, २०८२/ Wednesday 04-23-25
Paschim Today

धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

 

 

जिल्लाको कैलारी गाउँपालिका–१ हसुलिया स्थित हुलाकी सडक खण्डमा हिडिरेहेका कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय आशिषकुमार चौधरी र धनगढी उमहानगरपालिका १ शिवमन्दिर बस्ने २७ वर्षीय अजय रसायली पक्राउ परेका छन्। चेकजाच गर्दा आशिषको साथबाट २ ग्राम ६९० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी उक्त पदार्थसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।