कञ्चनपुरमा एक होटल संचालक २ किलो चरेशसहित पक्राउ
बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा एक होटल संचालक २ किलो चरेशसहित पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–२ बंकमा माँ डिलासैनि होटल एण्ड लजका संचालक सोही ठाउँ बस्ने ५० वर्षीय पदमबहादुर कार्की चरेशसहित बुधवार पक्राउ परेका हुन्। कार्कीले संचालन गर्दै आएको सोही होटलको कोठा भित्रबाट २ किलो ३१५ ग्राम चरेशसहित उनलाई इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। सो सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया