धनगढीको मानवसेवा आश्रमबाट मोटरसाइकल चोरी

शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25
Paschim Today

धनगढी : मानव सेवा आश्रम, धनगढीको मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगर आश्रमको प्रवेश द्वारबाट मोटरसाइकल चोरी भएको हो।

 

मानव सेवा आश्रम, धनगढीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४०९ नम्बरको मोटरसाइकल चोरी भएको बताएको छ। बजाज कम्पनीको एभेन्जर २२० सिसिको मोटरसाइकल बिहिवार राति साढे ८ बजे चोरी भएको हो। मानव सेवा आश्रम दानदाताहरूको दानबाट सञ्चालन हुँदै आएको छ। आश्रमको सवारी नै चोरी भएपछि समस्या भएको छ। मानव सेवा आश्रमको मोटरसाइकल देख्नेले ९८४३३४७६२७ मा सम्पर्क गरि दिन आग्रह गरिएको छ।