कञ्चनपुरबाट २ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ
सोमबार बैशाख १५, २०८२/ Monday 04-28-25
Paschim Today

धनगढी : कञ्चनपुरबाट २ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट रमेश भट्ट पक्राउ परेका हुन्। भीमदत्त नगरपालिका–१९ का २३ वर्षीय भट्टलाई सोमवार दिउँसो प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। लागुऔषध नियनत्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया