सेति अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु 

मंगलबार बैशाख १६, २०८२/ Tuesday 04-29-25
Paschim Today

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक बिरामीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका एक ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए ।

गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।  सिंह मिर्गौला पीडित रहेको  र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ ।

वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमवार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। उनका साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ ।  एकै छिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ।