यू-१६ राष्ट्रिय क्रिकेट : कप्तान बिपिनको शानदार बलिङमा कर्णालीको जित

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौं। कप्तान बिपिन प्रसाद शर्माले ४ ओभरमा २ रन मात्र दिएर ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशमाथि जित निकालेको छ ।

बिपिनको ५ विकेट तथा विजय बोहराले ३ र नबिन न्यौपानेले २ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश १६ ओभरमा ५५ रनमा अलआउट भएको थियो । बिक्रम बोहराले सर्वाधिक २१ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

५६ रनको लक्ष्य कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेत्रबिक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा ९ रनमा नटआउट रहे ।

सुदूरका सचिन भट्टले ३ तथा सुवोध तिवारी र रवि दमाइले १-१ विकेट लिए ।