धनगढीमा बेवारिसे शिशु छोड्ने आमा पक्राउ
शनिबार जेठ २५, २०८२/ Saturday 06-07-25
Paschim Today

धनगढी । कैलालीको धनगढी १४ साइनो चोकमा बेवारिसे शिशु छोड्ने आमालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। बेवारिसे अवस्थामा नवजात शिशुलाई नालामा छोड्ने आमालाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको हो।
पक्राउ परेकी आमालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए। सालनाल सहित बेवारिसे अवस्थामा फेला परेको शिशुलाई प्रहरीले धनगढी स्थित सेभहाउसमा राखेको जनाएको छ । पक्राउ परेकी आमा धनगढी १४ फूलवारीको रहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया