काठमाडौं आइपुग्दै अमेरिकाबाट निकालिएका ५० नेपाली
2025-06-08-04-50-49.jpeg)
काठमाडौं– अमेरिकाले नेपाल फिर्ता पठाएका करिव ५० जना नेपाली अहिले साँझ ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका छन् ।
विमानस्थल स्रोतले जनाए अनुसार ती नेपालीहरु सवार अमेरिकी चार्टड विमान बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुग्ने छ । अमेरिकामा अवैधानिक रूपमा बसोबास गरेको भनी अमेरिकाले ती नेपालीलाई देश निकाला डिपोर्ट गरेको हो ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याईँदैछ ।
न्यौपानेले आइतवास दिउँसो सवा ४ बजे उक्त विमान काठमाडौं अवतरण गर्ने भने पनि विमानस्थल स्रोतले साँझ ५ बजेपछि उक्त विमान अवरतण गर्ने सूचना पाएको उल्लेख गरेको छ ।
अमेरिकाले यसअघि एक पटक विमान नै चार्टर्ड गरेर नेपालीलाई स्वदेश फर्काएको थियो । अमेरिकाले पहिलो पटक आठ जना नेपालीलाई डिपोर्ट गरेर आफ्नै विमानमार्फत नेपाल ल्याइदिएको थियो । नेपाल ल्याइसकेपछि अध्यागमान जाँचपछि उनीहरूलाई प्रहरीको जिम्मा लगाउने अध्यागमनको तयारी छ । प्रहरीको मानव बेचविखन ब्युरोले सामान्य सोधपुछ गर्नेछ।
तपाईको प्रतिक्रिया