बाजुराका आगलागि पीडितलाई त्रिवेणी नगरपालिकाले १० लाख सहयोग गर्ने

आइतबार जेठ २६, २०८२/ Sunday 06-08-25
Paschim Today

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका -४ को सिउँडे बजारमा जेठ २३ गते राति डढेलोले भीषण क्षति पुर्‍याएको छ।  आगलागीमा परेर ठूलो मात्रामा व्यापारिक क्षति भएको र स्थानीय व्यापारीहरूको जीवन अस्तव्यस्त बनेको छ।

नगरपालिकाको अनुसार डढेलोबाट व्यापारीहरूको पसल, घर, गोदाम तथा होटेल जलेर नष्ट भएको छ। घटनापछि त्रिवेणी नगरपालिकाले पीडित व्यापारी र प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत, पुनःस्थापना तथा व्यवसाय पुनःसंरचनाका लागि आवश्यक सहयोग गर्न सबै तहका सरकार र सरोकारवालालाई अनुरोध गरेको छ।

डढेलोले भएको क्षति र संकटको अवस्थामा त्रिवेणी नगरपालिकाको जेठ २४ गते बसेको कार्यपालिकाको निर्णय अनुसार तत्काल १० लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरिएको छ। नगरप्रमुख कर्ण बहादुर थापाले पीडितलाई राहत तथा पुनर्निर्माणका लागि थप प्रयास गरिने बताएका छन्।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि आगलागि पीडितलाई ४० लाख सहयोग गर्ने घोषण गरिसकेको छ ।