प्रसिद्ध गायक हिरण्य भोजपुरेको ‘आङ शेर्पा’उपन्यास विमोचन

कोलोराडो, १४ जुन ।
प्रसिद्ध संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको अंग्रेजीमा अनुवादित उपन्यास ‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ को शनिवार अमेरिकाको कोलोराडो राज्यको गोल्डन शहरमा विमोचन गरिएको छ ।
‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ उपन्यासकार भोजपुरेको नेपाली उपन्यास ‘सगरमाथाभन्दा माथि’ को अनुवादित कृति हो ।
भोजपुरेको उपन्यासको उनकी पत्नी तथा लोक सेवा आयोगकी पूर्व सदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी भोजपुरे, नाती प्रवर राजा मोक्तान, प्रहर राजा मोक्तान, पासाङ माया शेर्पा, कर्मा शेर्पा र हिमाली कवि आरडी युयुत्सु शर्माले संयुक्त रुपमा विमोचन गरे ।
दिल्लीको निराला पब्लिकेशन्सले प्रकाशन गरेको उपन्यासको अनुवाद भुवन थपलियाले अनुवाद गरेका हुन् । अनुवादित उपन्यासको सम्पादन हिमाली कवि शर्माले गरेका हुन् ।
संगीतकार तथा गायक गणेश रसिकको १३ औं पुण्य तिथिका अवसरमा आयोजित विमोचन कार्यक्रममा बोल्दै उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङबोचे गाउँमा जन्मिएको आङ छोतरे शेर्पा उपन्यासको नायक भएको बताए ।
जीवनमा लुक्ला नटेकेका भोजपुरेले उपन्यासमा शेर्पाहरुको जीवन, संघर्ष, अनुभव र अनुभूतिसंगै लुक्ला, सगरमाथाको बेस क्याम्प, साउथ कोल, र चुचुरोको समेत बयान गरेका छन् ।
उनले उपन्यासको नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराएका छन् । साउथ कोलमा घटेको एउटा घट्नापछि सगरमाथा चढ्न रोक लगाईएका आङको अष्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथा विना बाँचेको जीवनका बारेमा मिठो तरिकाले बर्णन गरेका छन् ।
कार्यक्रममा बोल्दै समीक्षक युयुत्सु शर्माले भोजपुरको अंग्रेजीमा उपन्यास ‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ ले सगरमाथा र आरोहीहरुको कथालाई साहित्य मार्फत संसारभरी फैलाउने काम गरेको बताए ।
कार्यक्रममा उपन्यासकार भोजपुरेले गणेश रसिकको मृत्युले नेपालको गायन तथा सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको र आफूले एक प्रिय मित्र गुमाएको बताए ।
साहित्यकार भोजपुरेले अंग्रेजी भाषामा उपन्यास गरेकोमा निराला प्रकाशन तथा निराला प्रकाशनका नेपालस्थित सम्पादक हिमाली कवि आरडी युयुत्सु शर्माप्रति आभार व्यक्त गरे ।
राजदूत केवल एक देशका लागि काम गर्ने बताएका भोजपुरेले हृदयमा नेपाल बोकेर विदेश यात्रामा निस्किने हिमाली कवि युयुत्सु नेपाली साहित्यका लागि संसारकै राजदूत भएको बताए ।
कार्यक्रममा गायिका तथा हिरण्य भोजपुरेकी पत्नी उर्मिला श्रेष्ठले स्वर्गीय संगीतकार, गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत, संगीत र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिन् ।
उनले भोजपुरको बिकट गाउँबाट आफ्नै बलबुता र मिहिनेतमा नेपाली गीत,संंगीत र गायनका क्षेत्रमा गणेश रसिक स्थापित भएको बताईन् ।
उपन्यासको कभर पृष्ठमा तस्वीर रहेका कर्मा शेर्पाले विमोचन समारोहमा गायक भोजपुरेको चर्चित गीत रातो भाले गाएका थिए ।
मलाई प्यारो लाग्छ, लहरा,पहरा छहराको देश, आज मेरो मान्छे कुन बतासमा सास फेर्दै होला, हाम्रो घरभन्दा ट्याम्के धारा, आँखा अगाडि उभिएको देखिन्छ, म सानो, घाम जुन जस्ता कालजयी गीतका गायक भोजपुरेले संगीतकार तथा रचनाकार गणेश रसिकको संगीत र रचनामा एकल र सामूहिक गरी डेढ सयभन्दा बढि गीत आएका छन् । उनको लघुकथा संग्रह ‘मुसुक्क म’ (२०२३) मा प्रकाशित छ ।
भोजपुर जिल्लाको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मिएका भोजपुरे नेपालका प्रसिद्ध संगीतकार, गायक, र लेखक हुन् । उनको वास्तविक नाम हिरण्य श्रेष्ठ भएपनि नेपाली सांगितिक तथा साहित्यिक क्षेत्रमा उनी हिरण्ये भोजपुरेका नाममा प्रसिद्ध छन् ।
हिरण्य भोजपुरे सन् १९६० को दशकमा स्थापित सांगीतिक समूह ’लेकाली परिवार’ का संस्थापक सदस्य हुन् । यस समूहले लोक, आधुनिक र प्रयोगात्मक शैलीमा रचना गर्दै नेपाली संगीतमा नयाँ स्वाद थपेको थियो ।
नेपाली संगीत र साहित्यमा योगदान पु¥याए वाफत उनी ‘प्रबल गोरखा दक्षिण बहु’, ‘वीरेन्द्र शुभ राज्य विशेष पदक’, ‘बिरेन्द्र ऐश्वर्य सेवा पदक’ लगायतका प्रतिष्ठित सम्मानबाट सम्मानित भएका छन् ।
तपाईको प्रतिक्रिया