‘नवरत्न बीट मसाज २०२५’ अभियान कैलालीमा सुरु, हजारौं उपभोक्तालाई राहत दिने लक्ष्य

आइतबार असार १, २०८२/ Sunday 06-15-25
Paschim Today

धनगढी : भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेलनेस कम्पनी इमामी लिमिटेडले आफ्नो लोकप्रिय उत्पादन ‘नवरत्न तेल’को प्रचार तथा उपभोक्ता अनभवलाई बढावा दिने उद्देश्यले ‘नवरत्न बीट मसाज २०२५’ अभियान कैलालीमा सुरु गरेको छ।

कम्पनीका अनुसार यो विशेष ७५ दिने अभियान जेठ ११ बाट सुरु भई साउन १७ सम्म नेपालको तराई क्षेत्रमा सञ्चालन हुनेछ। धनगढी र अत्तरियामा जेठ ३० र ३१ गते गरिएको कार्यक्रममार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा २ मिनेटको हेड मसाज अनुभव गराइएको थियो।

इमामी लिमिटेडका ब्रान्ड म्यानेजर विकास तिवारीका अनुसार, “नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्तालाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने अनुभूति गराउन चाहन्छौं। प्रत्यक्ष अनुभवमार्फत नवरत्न तेलको शीतलता र प्रभावकारिता बुझाउन खोजिएको हो।”

२४ जिल्लामा अभियान सञ्चालन

यो अभियान पश्चिम तथा मध्य तराईका २४ जिल्लामा केन्द्रित हुनेछ। यस अवधिमा ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० मोबाइल स्टलमार्फत उपभोक्तालाई निःशुल्क हेड मसाज गरिने छ। नवरत्न तेलमा प्रयोग भएका नौ प्रकारका आयुर्वेदिक जडिबुटीबाट उपभोक्ताले तनाव घटाउने तथा शारीरिक स्फूर्तता अनुभव गर्ने कम्पनीको दाबी छ।

अभियान अन्तर्गत खटिएका टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्दै विभिन्न स्थानहरूमा सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, दुई मिनेट च्यालेन्ज जस्ता गतिविधि सञ्चालन गर्नेछन्।

६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने लक्ष्य

इमामीका अनुसार, अभियानबाट ६० हजारभन्दा बढी उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुग्ने लक्ष्य राखिएको छ। जसमा १२ हजारभन्दा बढी वेट स्याम्पलिङ (प्रत्यक्ष मसाज सेवा) र ३० हजारभन्दा बढी ड्राइ स्याम्पलिङ (स्यासे वितरण) गरिनेछ।

तनाव र थकान हटाउने प्राकृतिक समाधानको रूपमा नवरत्न तेललाई नेपाली घरपरिवारमा अझ विश्वसनीय बनाउन यो अभियानले योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।