कोशी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि झण्डै ३६ अर्ब बजेट प्रस्तुत

आइतबार असार १, २०८२/ Sunday 06-15-25
Paschim Today

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेशसभामा आज आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये उनले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् ।

सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ ।